दफा ४क
अन्त:शुल्क बुझाउने दायित्व
यस ऐन बमोजिम अन्त:शुल्क बुझाउने दायित्व देहाय बमोजिमको व्यक्तिमा हुनेछः-
(क) नेपालभित्र उत्पादन हुने वस्तु वा सेवाको हकमा उत्पादक
(ख) पेठारी हुने वस्तुमा सो वस्तु प्राप्त गर्ने बिल अफ लेडिड्ड एयर वे बिल बीजक वा जाँचपासको लागि दिएको निवेदनमा उल्लेख भएको व्यक्ति
(ग) अन्त:शुल्क लाग्ने पदार्थ लिलाम भएकोमा सो लिलाम सकार्ने व्यक्ति
(घ) करमुक्त पसल (ड्यूटी फ्रि सप) बाट बिक्री भएको मदिरा वा चुरोट बाहेकका वस्तु पुनः बिक्री वा अन्य प्रयोजनमा प्रयोग भएमा पुनः बिक्री गर्ने वा प्रयोग गर्ने व्यक्ति
(ङ) कुनै वस्तु वा सेवा अन्त:शुल्क नलाग्ने अवस्थाबाट लाग्ने अवस्थामा परिवर्तन भएमा त्यस्तो वस्तुको स्वामित्व कायम रहने व्यक्ति
(च) खण्ड (क) देखि (ङ) मा उल्लेख भएदेखि बाहेक अन्य अवस्थामा विभागले तोकेको व्यक्ति ।